पवन प्रजापती समुहको आज महेन्द्रपुल बजारमा प्रचार
पाेखरा | भदौ १३, २०७९
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी अध्यक्ष तथा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिको समुहले आज महेन्द्रपुल क्षेत्रका व्यवसायीहरुको घर दैलो गर्दै वजारको पार्किङ्ग व्यवस्थापनका विषय उठाउनु भयो । पटक पटक पोखरा महानगर पालिका र ट्राफिक व्यवस्थापनसँग छलफल गर्दा पनि समस्या समाधान नभएको भन्दै आफ्नो कार्यकालमा जसरी पनि पहिलो प्राथमिकतामा राखेर काम गर्ने उहाको भनाई रहेको थियो । उहाले आवश्यकता हेरेर सडक पार्किङ्लाई पाला सिस्टम गर्ने विषयमा पनि पहल गर्ने उहाको भनाई रहेको छ ।
विशालवजार एरियाका व्यवसायीहरुले पवन प्रजापतीको अनुभव र क्षमताका आधारमा अहिलेको निर्वाचन प्रजापती पक्षमा आएमा व्यवसायीक हित हुने अपेक्षा पनि राखेका छन् । उनिहरुले अनुभव प्राप्त र उद्योग व्यवसायी वुझेको व्यक्ति हुदा मात्रै समगै व्यवसायीको हित हुने धारणा समेत राखे
अध्क्षय प्रजापति महासचिव वलराम आचार्य सहित अन्य सदस्यहरुले पोखराको महेन्द्रपुल तथा व्यस्थ वजारमा व्यवसायीको समस्या तथा व्यववसायीलाई कसरी प्रर्वदन गर्न सकिन्द्ध भन्ने विषयमा छलफल समेत गरेको छ ।
प्रजापतीले आफ्नो प्यानलमा सबैखाले व्यवसाय अंगालेका महिला तथा पुरुष व्यवसायी रहेकाले आफ्नो प्यानल समावेशी रहेको दावी समेत गर्नु भयो । प्रजापतिले यही भाद्र २४ र २५ गते हुने संघको पोउवा संघमा विगत लामो समय देखि सदस्य हुदै पदाधीकारीमा समेत रहेर काम गरीरनु भएको छ ।
घरदैलो कार्यक्रम महासचिव पदका उम्मेदवार वलराम आचर्य लगाएत अन्य सदस्य पदका उम्मेदवारहरुले मतदाताहरुको प्रतिक्रिया सकारात्मक रहेको बताउनु भयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

